काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी नेकपा एसको काभ्रेपलाञ्चोक जिल्ला अध्यक्षमा बसुन्धरा हुमागाईं चयन भएका छन् ।शनिबार पार्टीको पाँचौँ बैठकले जिल्ला नेतृत्व हेरफेर गर्दै बागमती प्रदेश कृषि तथा पशुपंक्षीमन्त्रीसमेत रहेका हुमागाईंलाई अध्यक्षमा चयन गरेको हो ।
बैठकले उपाध्यक्षमा दीपककुमार गौतम, सचिवमा गोकुल गौतम तथा विद्यार्थी नेता यशु लामालाई सहसचिवमा चयन गरेको छ । हुमागाईं यसअघि उपाध्यक्ष तथा गौतम सचिव थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ भदौ २०७९, २० : १६
लेखकबाट थप