माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कार्यदल

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १७ : २७
माओवादीले बनायो नारायणकाजीको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा कार्यदल

काठमाडाैँ । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुन लागेको निर्वाचनका लागि घोषणापत्र मस्यौदा कार्यदल गठन गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि माओवादी केन्द्रले वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको संयोजकत्वमा १७ सदस्यीय कार्यदल गठन गरेको हो । 

घोषणापत्र मस्यौदा कार्यदलको सदस्यहरूमा देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणी पोखरेल, लिलामणी पोखरेल, शक्ति बस्नेत रहेका छन् ।त्यस्तै, गणेश साह, पर्शुराम रम्तेल, अमृता थापा, हरि रोक्का, जाकिर हुसेन, कृष्ण चौधरी, पर्शुराम तामाङ, भीमा ढुंगाना, जगत सिम्खडा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस