काठमाडाैँ । नेकपा माओवादी केन्द्रको जारी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले २१ जना पदाधिकारी रहने प्स्ताव पेश गरेका छन् । पार्टी कार्यालयमा जारी बैठकमा प्रचण्डले सो प्स्ताव पेश गरेपछि छलफल जारी रहेको छ । जसका अध्यक्षसहित, एक वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव र कोषाध्यक्ष रहने एक नेताले बताए । प्रचण्डले बैठकमा पदाधिकारीमा रहने नेताहरुको नाम पनि प्रस्ताव गरेको बताइएको छ ।
यी हुन् माओवादी केन्द्रका पदाधिकारीको सूची
अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
उपाध्यक्ष : कृष्णबहादुर महरा
महासचिव : देव गुरुङ
उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल
सचिव : दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लिलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
कोषाध्यक्ष : श्रीराम ढकाल प्रशान्त
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०४ भदौ २०७९, १५ : ५५
लेखकबाट थप