राजनीतिमा ‘म’वादी संस्कृति बढ्यो : अध्यक्ष नेपाल

सफल खबर संवाददाता

शनिबार, ०४ भदौ २०७९, १४ : २७
राजनीतिमा ‘म’वादी संस्कृति बढ्यो : अध्यक्ष नेपाल

काठमाडाैँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टी सदस्य लिँदा लिएको प्रतिबद्धतालाई नभुल्न आग्रह गरेका छन् । नेकपा एस निकट उपत्यका युवा विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यक्रममा उनले यस्तो आग्रह गरेका हुन् ।

पार्टीमा आबद्ध हुने क्रममा क्रान्तिकारी बन्ने, देश र जनताप्रतिको दायित्व कहिल्यै नबिर्सने, मार्क्सवाद को प्रचार गर्नेजस्ता प्रतिबद्धता बिर्सनु नहुनेको उनको भनाइ छ । उनले कार्यक्रममा नेपालका कम्युनिस्ट पार्टीहरू जहिले पनि देशमा आएका सङ्कट टार्न अग्रसर भएको बताए । राणा शासनविरुद्ध होस वा पञ्चायती व्यवस्थाको विरुद्धमा नै किन नहोस् कम्युनिस्ट पार्टीहरूको योगदान अतुलनीय छ ।

उनले अहिले राजनीतिमा ‘म’वादी संस्कृति बढेको र ‘हामी’ वादी संस्कृति हराउँदै गएको बताए । ‘म’ वादीहरूमा आफूभित्र भएका कमजोरी पहिल्याउने र सुधार गर्ने क्षमता हुँदैन । उनले भने, ‘लामो राजनीतिक यात्रा नभएका मानिसले आफ्नो कमजोरी देख्दैन । तपाई राजनीतिमा लामो यात्रा गर्ने वा क्षणिक आफै निर्णय गर्नुहोस् ।’  

 

प्रतिक्रिया दिनुहोस