नेपालमा एक वर्षमा भित्रियो साढे २ अर्बको क्यामरा

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, १२ : २३
नेपालमा एक वर्षमा भित्रियो साढे २ अर्बको क्यामरा

काठमाडौँ । नेपालमा एक वर्षमा करिब साढे २ अर्ब रुपैयाँको विभिन्न प्रकारका क्यामरा भित्रिने गरेको पाइएको छ । भन्सार विभागका अनुसार गत आर्थिक वर्ष २०७८/७९ मा उक्त मूल्य बराबरको क्यामरा नेपाल भित्रिएको हो । 

२०७८ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा नेपालले विभिन्न देशबाट २ अर्ब ४६ करोड ४९ लाख २४ हजार रुपैयाँको क्यामरा आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । 

सो अवधिमा ४ लाख ३६ हजार ८९७ थान विभिन्न प्रकारका क्यामरा नेपाल भित्रिएको विभागले जनाएको छ । विभागका अनुसार गत आर्थिक वर्ष २५ करोड ७६ लाख ७७ हजार रुपैयाँको टेलिभिजन क्यामरा, १६ करोड २२ लाख ११ हजार रुपैयाँको डिजिटल क्यामरा, ५ करोड ८७ लाख ७२ हजार रुपैयाँको भिडियो क्यामरा रेकर्डर  र १ अर्ब ९० करोड २१ लाख ९५ हजार रुपैयाँको अन्य क्यामरा नेपालले आयात गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा नेपालले १ अर्ब ७७ करोड २४ लाख १४ हजार रुपैयाँको विभिन्न क्यामरा आयात गरेको थियो । सो मुल्यमा ३ लाख ९९ हजार २२ थान क्यामरा नेपाल भित्रिएको थियो । 

नेपालमा क्यामरा अष्ट्रेलिया, चीन, जर्मनी, भारत, इन्डोनेसिया, जापान, मेक्सिको, सिंगापुर, थाइल्याण्ड, युनाइटेड अरब इमिरेट्स, अमेरिका, इजिप्ट, इजरायल, इटाली, दक्षिण कोरिया, कुवेत, मलेसिया, न्यूजिल्याण्ड, कतार, बेलायत, भियतनाम लगायतका देशबाट आउने गरेको विभागले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस