काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का सहायक संगठन योङ कम्युनिस्ट लिग नेपालको दोस्रो राष्ट्रिय भेला शुक्रवारदेखि शुरू हुँदैछ । ‘आत्मनिर्भताका लागि नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौँ, सुदृढ संगठन विस्तारका लागि दोस्रो राष्ट्रिय भेला सफल पारौँ’ भन्ने मुल नाराका साथ शुरू हुने भेलाको उद्घाटन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्दैछन् ।
भृकुटिमण्डपस्थित राष्ट्रिय सभागृहमा हुने भेलाका लागि विभिन्न जिल्ला र प्रदेशहरूबाट प्रतिनिधि काठमाडौं आइसकेको वाईसीएल संयोजक सुमन देवकोटाले जानकारी गराएका छन् । उनले दुई दिनसम्म चल्ने भेलाले संगठनका कामहरूको विश्लेषण, आगामी युवा आन्दोलनको नीति तथा कार्ययोजनामा छलफल गरी युवा आन्दोलनको समग्र कार्यदिशा तय गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०३ भदौ २०७९, १२ : ०९
लेखकबाट थप