उपत्यकामा दैनिक हजारौँको संख्यामा सवारी चालकमाथि कारबाही

सफल खबर संवाददाता

शुक्रबार, ०३ भदौ २०७९, ११ : ३१
उपत्यकामा दैनिक हजारौँको संख्यामा सवारी चालकमाथि कारबाही

काठमाडौँ । काठमाडौं उपत्यकामा दैनिक हजारौँको संख्यामा सवारी चालकमाथि कारबाही हुँदै आएको छ । ट्राफिक प्रहरीले उपत्यकामा बिहीबार मात्रै एकै दिन ३ हजार ६ जना सवारी चालकलाई कारबाही गरेको छ । ट्राफिक नियम उल्लङ्घन गरेका कारण उनीहरूलाई उपत्यकाको विभिन्न स्थानमा कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने ६२, लेन अनुशासन पालना नगर्ने ११४, रेड लाइटमा सवारी साधन चलाउने ८२, निषेधित क्षेत्रमा हर्न बजाउने १२२ र नम्बर प्लेट नदेखिने गरी राख्ने ३० जना सवारी चालक छन् । 

यस्तै, २ हजार ५९६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस