काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय आविस्कार केन्द्रलाई कृषि औजार कारखाना संचालनका लागि अध्ययन गर्न आग्रह गरेका छन। अर्थमन्त्री शर्माले सोमबार मन्त्रालयमा राष्ट्रिय आविस्कार केन्दका अध्यक्ष महावीर पुनसँग छलफल गर्दै कारखानाको अध्ययन गर्न केन्द्रका अध्यक्ष महाबीर पुनलाई आग्रह गरे।
यसलाई कृषि औजार उत्पादन कारखाना मात्र नभई कृषि औजार आविस्कार केन्द्रका रुपमा पनि विकास गर्ने सरकारको लक्ष रहेको मन्त्री शर्माले उल्लेख गरे। केन्द्रका अध्यक्ष पुनले कृषि औजार कारखानाले नेपालको कृषि क्षेत्रलाई आवश्यक पर्ने औजार उपकरणहरुको उत्पादन गर्ने, मर्मत सम्भार गर्ने तथा नयाँ औजार उपकरणहरुको आविस्कार गर्ने पनि बताए ।
कारखानालाई पुनर्जीवन दिई उक्त स्थानमा कृषि औजार आविस्कार केन्द्र समेत बनाउने योजना प्रति आफ्नो समर्थन रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ३० साउन २०७९, २० : १३
लेखकबाट थप