लिटिल फ्लावरका फादर रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड

सफल खबर संवाददाता

शनिबार, १४ साउन २०७९, ११ : ४६
लिटिल फ्लावरका फादर रोवीलाई अन्तर्राष्ट्रिय अवार्ड

चितवन । नीजि शैक्षिक संस्थाहरुमध्ये उत्कृष्ट नारायणगढको  लिटिल फ्लावर स्कुलका प्राचार्य  फादर रोवी कु अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका छन । शिक्षामा क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै फादर रोवी अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएका हुन् । अमेरिकाको वासिङ्गटन डिसीमा आयोजित एक भव्य समारोहमा अमेरिका– भारत एसएमई काउन्सिल अफ अमेरिकाले सो अवार्ड प्रदान गरेको हो 

थोमस ई। डर्नोगा, यूएस काउन्सिल प्रतिनिधी यूएस भारतका एसएमईका लागि मूख्य कार्यकारी अधिकारी एलिशा पुलिवार्तीले संयुक्त रुपमा फादर रोवीलाई पदक प्रदान गरेका हुन् । अमेरिकाबाट दिईएको अवार्ड नेपालको शैक्षिक ईतिहासमा संभवत यो पहिलो अवार्ड हो ।  वासिंकटन डिसीबाट यसबारे प्रतिक्रिया दिंँदै फादर रोवीले भने,‘ यो अवार्ड मेरो व्यक्तिगत र स्कुलको  अवार्ड मात्र होइन , यो नेपालकै गौरव र प्रतिष्ठाको बिषय पनि  हो  ।’ लिटिल फ्लावरको हालसम्मको शैक्षिक ईतिहासमा यो अवार्ड पहिलो पटक आफूले पाउंँदा ू निकैनै उत्साहित भएको रोवीले बताए । ‘म एक किसिमले उत्साहित त छंँदैछु । अर्को कुरा मैले थप जिम्मेवारी र दायित्व पनि महसुस गरेको छु ।’ फादर रोवीले भने । फादर रोवी एसएमईकै निमन्त्रणामा झण्डै एक महिना अघिदेखि अमेरिकामा छन । यो अर्वाड विश्वका प्रख्यात शिक्षा क्षेत्र, व्यवसायिक प्रतिष्ठान र सामाजिक सेवामा अग्रस्थानमा रहेर काम गर्ने व्यक्तित्वलाई प्रदान गरिनेछ । शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार,  कार्यदक्षता र सामाजिक कार्यको मुल्यांकन गर्दै फादर रोवीलाई उक्त अवार्डबाट सम्मानित गरिएको हो । 

नेपालमै र हालसम्म लिटिल फ्लावरको शैक्षिक ईतिहासमा नारायणगढकै स्कुलले अवार्ड पाउनु महत्वपूर्ण उपलब्धि भएको स्कुलका निर्देशक गोविन्द पौडेलले बताए ।‘ शैक्षिक क्षेत्रको मुल्यांकन गरि फादर रोवीले अवार्ड पाउनु गौरवको बिषय हो,  पौडेलले भने, हाम्रो निरन्तर मेहनत , स्कुलले गरेको प्रगतिको सही मुल्यांकन भएको मैले महसुस गरेको छु ।’  फादर रोवी नेपाल फर्किए लगत्तै  स्कुललले एक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना कार्यक्रम गरिने पौडेलले बताए । 

विगत १२ बर्षदेखि फादर रोवी लिटिल फ्लावर स्कुलमा आवद्ध रही हाल नारायणगढको स्कुलमा प्राचार्यको रुपमा भूमिका निर्वाह गर्दै आएका छन । 
लिटिल फ्लावर स्कुल चितवनको नीजि विद्यालयहरु मध्ये उत्कृष्ट विद्यालयमा पर्दछ । हालैमात्र भएको एसईई नतिजामा यो स्कुलबाट ३दशमलब ६५ जिपिएदेखि ३ दशमलब ९५ पाउने विद्यार्थी २९ जना, ३ दशमलब २ देखि ३दशमलब ६ ल्याएर पास गर्ने ४४ जना , २ दशमलब ८५ देखि ३ दशमलब २० ल्याउने ४० जना विद्यार्थी रहेका छन । परीक्षा दिएका मध्ये सबै विद्यार्थीले नतिजा शतप्रतिशत सफल रहेको पौडेलले जानकारी दिए । हाल स्कुलको दशजोड दुईमा धमाधम भर्ना प्रक्रिया शुरु भईरहेको छ । अवार्ड प्राप्त गरेसंँगै उच्च शिक्षा हासिल गर्न जाने विद्यार्थीको लागि अमेरिकाको ४ वटा युनिभर्सिटीमा छात्रवृत्तिको लागि सम्झौता भएको पनि पौडलले बताए ।  हाल यस स्कुलमा दशजोड दुईगरी २ हजार चारसय विद्यार्थी अध्ययनरत छन ।

प्रतिक्रिया दिनुहोस