यसरी हेर्न सकिन्छ एसईईको नजिता

सफल खबर संवाददाता

बुधबार, ११ साउन २०७९, १६ : १५
यसरी हेर्न सकिन्छ एसईईको नजिता

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गरेको छ। बुधबार अपराह्न बसेको बोर्ड बैठकको निर्णयअनुसार एसईईको नतिजा सार्वजनिक गरिएको हो।

यसैबीच एसईईको नतिजा हेर्न नेपाल टेलिकमले पनि विभिन्न माध्यमबाट व्यवस्था गरेको छ। सो परीक्षाको परीक्षाफल फोन गरेर, एसएमएस तथा वेबसाइटमार्फत प्राप्त गर्न सकिने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ।

नेपाल टेलिकमको ल्यान्डलाइन फोन, मोबाइल र सीडीएमएबाट १६०० डायल गरी प्राप्त निर्देशन पालना गरी नतिजा थाहा पाउन सकिने छ।यस्तै मोबाइलको म्यासेज बक्समा SEE लेखेर स्पेस (Space) छाडेर अल्फाबेटसहितको सिम्बल नम्बर (SEE <Space˃ ˂Symbol number with alphabet˃) टाइप गरी १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिनेछ।

यस्तै नेपाल टेलिकमको वेबसाइट https://see.ntc.net.np/ मार्फत मार्कसिटसहितको नतिजा प्राप्त गर्न सकिने नेपाल टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस