चलचित्र  ‘दोख’ १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने

सफल खबर संवाददाता

बुधबार, २२ असार २०७९, ११ : १०
चलचित्र  ‘दोख’ १६ वर्षमुनिका दर्शकले हेर्न नपाउने

काठमाडौं । फिल्म ‘दोख’ सेन्सर पास भएको छ ।  चलचित्र सेन्सर बोर्डले फिल्मलाई एडल्ट सर्टिफिकेट (१६ वर्षभन्दा मुनिका दर्शकले हेर्न नमिल्ने) प्रमाणपत्र दिदै सेन्सर पास गरेको हो । 

शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म अग्रिम टिकट बुकिङ समेत खुल्ला भएको छ । फिल्मका लागि मल्टिप्लेक्स हलले टिकट बुकिङ खुल्ला गरेको हो । 

अनुप बराल निर्देशित ‘दोख’ सशस्त्र द्वन्द्वको पृष्ठभूमिमा दुई गाउँलेबीच सामुदायिक वनको झगडालाई लिएर बनेको हो ।राजन कठेतको कथा रहेको फिल्ममा दीया मास्के, मनिष निरौला, माओत्से गुरुङ, लोकमणि सापकोटा, राज थापा काउछा, रोय दिभ, कमल देवकोटा, सुरज मल्ल, साजन थापा मगर लगायतको अभिनय छ ।


सविन ज्ञवाली र मनोज अधिकारी निर्माता रहेको फिल्ममा भीम न्यौपाने, ओम गुरुङ, रञ्जु वाग्ले थापा कार्यकारी निर्माताको रुपमा छन् । 

प्रतिक्रिया दिनुहोस