काठमाडौं । अभिनेत्री नीता ढुंगाना र ज्योतिषी एवं अभिनेता हरिहर अधिकारी विवाह बन्धनमा बाँधिने भएका छन् । आगामी असार २४ गते शुक्रबारका दिन दरबारमार्गस्थित होटल याक एन्ड यतिमा उनीहरू विवाह बन्धनमा बाँधिन लागेका हुन् ।
यतिबेला दुबै जना विवाहको तयारीमा लागेका छन् । उनीहरूले आफ्नो विवाहका लागि अहिले निम्तो कार्ड पठाइरहेका छन् । उनीहरुको विवाहमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ ।
नीता र हरिहरले चार वर्षअघिको प्रेमलाई विवाहमा परिणत गर्न लागेका हुन् ।यस जोडीले नयाँ फिल्म ‘ह्रस्व दीर्घ’ बनाउने तयारी गरेका छन् । उक्त फिल्मको छायांकन बिहेपछि हुने बुझिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १९ असार २०७९, १२ : १५
लेखकबाट थप