काठमाडौं । काठमाडौँ विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडीज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ ।विगत १६ वर्षदेखि स्नातक तहमा सञ्चालन हुँदै आएको मिडिया स्टडीज कार्यक्रमलाई यस वर्षबाट स्नातकोत्तर तहमा विस्तार गरिएको हो ।
स्नातकोत्तर तहको यस कार्यक्रम तयार गर्दा नेपाल र एसियाकै मौलिक परम्परा, ज्ञान र दर्शनलाई ध्यानमा राखिएको विभागका सहप्राध्यापक डा. निर्मलमणि अधिकारी बताए ।
यस दुई वर्षे कार्यक्रममा विद्यार्थीले ६० क्रेडिट बराबरका विभिन्न २० वटा विषयहरूको अध्ययन गर्नेछन् । तीमध्ये मोबाइल पत्रकारिता, फिल्म अध्ययन, विज्ञापन व्यवस्थापन, प्रसारण पत्रकारिता, रेडियो स्टेसन व्यवस्थापन लगायत २८ वटा विषयहरूबाट तीन वटा ऐच्छिक विषय छान्न सक्नेछन् ।
तर, प्रथम वर्षमात्र पूरा गरेर पढाईलाई निरन्तरता दिन नसक्ने विद्यार्थीहरूलाई वैकल्पिक रूपमा पोस्ट ग्रयाजुएट डिप्लोमाको डिग्री प्रदान गर्न सकिने व्यवस्था समेत यसमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १४ असार २०७९, १५ : ५०
लेखकबाट थप