काठमाडौं । राजधानीको एक गेस्ट हाउसबाट युवती लुटिएकी छन् । काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका बिवश तामाङले २४ वर्षीय युवतीलाई बलात्कारपछि उनको साथमा भएको सरसामान लुटपाट गरेको प्रहरीले जनाएको छ ।
आरोपीलाई प्रहरी वृत्त कालिमाटीको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए । पेय पदार्थमा लठ्ठिने पदार्थ मिसाएर खुवाएर बलात्कार गरेपछि आरोपीले १ लाख नगद र २ तोला सुन लुटेर भागेको प्रहरीको भनाइ छ ।
आरोपीलाई बलात्कार र चोरी मुद्दामा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०७ असार २०७९, ०९ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यी इरानी किशोरीलाई सुरक्षाकर्मीले हतकडीमै बलात्कार गरेर मारेको खुलासा
बलात्कार आराेपमा एकजना पक्राउ
बालिकालाई बलात्कार गरेको आरोपमा ४९ वर्षका पुरुष पक्राउ
किशोरीलाई होटलमा लगेर बलात्कार गरेको आरोपमा युवक पक्राउ
नसाको तालमा बालकले गरे बालिकालाई बलात्कार
छोराको हत्या र छोरीको बलात्कार आरोप लागेका बुबा पक्राउ