काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले सदस्या विद्यालयहरुले केन्द्रीय कार्यसमितिद्धारा जारी नीति नियम,निर्देशनको अनिवार्य परिपालना गर्नुपर्ने भन्दै आचार संहिता जारी गरेको छ । सदस्य विद्यालयहरुलाई जारी आचार संहिता पालना गर्न निर्देशन दिँदै आचार संहिता कार्यन्वयन भए नभएको स्थलगत अनुगमन गरीने समेत जनाएको छ ।
प्याब्सन केन्द्रीय कार्यसमितिले आज आचार संहिता जारी गर्दे अनिवार्य कार्यन्वयन गर्न पदाधिकारी तथा सदस्या,प्याब्सन केन्द्रीय, प्रदेश, जिल्ला, स्थिानीय पालिका कार्यसमिति तथा सम्पूर्ण सदस्य विद्यालयहरुलाई निर्देशन दिएको छ । साथै सबै कार्यसमितिहरुलाई आचार संहिता कार्यन्वयन भए नभएको स्थलगत अनुगमन गरी तथ्य प्रमाण सहितको रिपोर्ट स्थानीय पालिका कार्यसमितिले जिल्ला, जिल्ला कार्यसमितिले प्रदेश र प्रदेश कार्य समितिले राय सहित केन्द्रीय कार्यसमितिलाई जेठ २० गतेभित्र पेश गर्न भनिएको छ । प्याब्सनको विधान, नियमावली, आचार संहिता एवम् निर्देशन पालना नगर्ने विद्यालयहरुको सदस्यता नविकरण नगरिने र नगर्न समेत चेतावनी दिएको छ ।
आचार संहितामा सदस्य विद्यालयहरुले विद्यालय सञ्चालन नियमावली निमार्ण गरी सम्बन्धित निकायबाट स्वीकृत गराई लागु गर्नुपर्ने, विद्यालयहरुमा अभिभावक, विद्यार्थी, शिक्षक कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता निर्माण गरी लागु गर्नुपर्ने,विद्यार्थी भर्ना गर्दा लब्धाड्ढ–पत्र र चारित्रिक प्रमाण–पत्र अनिवार्य लिनुपर्ने, विद्यालय छाड्दा भुक्तान गर्नुपर्ने सम्पूर्ण शुल्क फरक फरक गरेका विद्यार्थीहरुको लब्धाङ्क–पत्र र चारित्रिक प्रमाण–पत्र अनिवार्य उपलब्ध गराउनु पर्ने, विद्यालयहरुले भर्ना सम्बन्धि सूचना जारी गर्दा आफुले अनुमति लिएको कक्षामा मात्र सूचना जारी गर्नुपर्ने लगायत उल्लेख गरीएको छ ।
साथै वार्षिक क्यालेण्डर तथा परीक्षा लगायतका विषयमा केन्द्र,प्रदेश, जिल्लाले निर्देशन गरेको दायराभित्र रहेर सदस्य विद्यालयहरुले कार्यक्रम बनाउने, पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेको पाठ्यपुस्तक तथा सन्दर्भ सामाग्री प्रयोग गर्ने र अन्य विषय थप गर्नुपर्ने भए सम्बन्धित निकायको पूर्व स्वीकृतिमा थप गर्ने, शुल्क निर्धारण गर्दा विद्यालय सचालक,व्यवस्थापन समितिको बेठकबाट निर्णय गर्ने र स्थानीय पालिकाको स्वीकृति लिई लागु गर्ने, विशिष्ट श्रेणीका विद्यालयहरुले अभिभावकको भेलाद्धारा शुल्क निर्धारण गर्ने र सम्बन्धित निकायलाई जानकारी गराउनु पर्ने आचार संहितामा व्यवस्था गरीएको छ ।
त्यसैगरी सदस्य विद्यालयहरुले शिक्षक कर्मचारीको सेवा सर्त सुविधा तथा प्रज्ञिक उन्नयनका कार्यक्रम विद्यालय विनियमावलीमा स्पष्ट हुनेगरी समावेश गर्ने र कार्यन्वयन गराउने, विद्यालयले प्रदान गरेको छात्रवृत्तिको पारदर्शिता कायम गर्ने साथै छात्रवृत्ति सम्बन्धी तथ्याड्ढ सम्बन्धित प्रदेश कार्यसमितिले स्थानीय पालिका कार्यसमितिसँग संकलन गरी केन्द्रीय कार्यसमितिमा पठाउने र विद्यालयहरुले बाल अधिकार हनन् हुने कुनै पनि गतिविधिमा बालबालिकाहरुलाई समावेश नगराउन आचार संहितामा भनिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २० बैशाख २०७९, ११ : ५५
लेखकबाट थप