काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले सर्लाहीको ईश्वरापुर नगरपालिका ६ पुरानो नगरपालिका चोकमा जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद शाहमाथि भएको सांघातिक आक्रमणको छानबिन गरिने बताएका छन् ।
शनिबार बिहान भएको आक्रमणमा घाइते शाहलाई मेडिसीटी अस्पतालमा पुगेर भेट्दै गृहमन्त्री खाणले घटनाको छानबिन गरी दोषीउपर कारबाही गरिने बताएका हुन् । ‘माननीय प्रमोद शाहमाथि भएको आक्रमणको छानबिन हुन्छ,’ गृहमन्त्री खाणले भने, ‘छानबिनमा दोषी देखिएकामाथि कारबाही हुन्छ ।’
गृहमन्त्री खाणले सांसद साहको शीघ्र स्वास्थ्य लाभको कामना समेत गरेका छन् । पार्टी कामको सिलसिलामा गृह जिल्ला सर्लाही पुगेका सांसद साहको आक्रमणबाट टाउकोमा गहिरो चोट लागेको छ ।
यसैबीच गृहमन्त्री खाणले घटनाको यथार्थ पत्ता लगाउन गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशनसमेत दिएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १२ चैत्र २०७८, २१ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सानेपामा बालकृष्ण खाँण