लन टेनिस खेलाडी सानिया मिर्जाले घोषण गरिन् सन्न्याश

सफल खबर संवाददाता

बुधबार, ०५ माघ २०७८, १७ : ५२
लन टेनिस खेलाडी सानिया मिर्जाले घोषण गरिन् सन्न्याश

नयाँ दिल्ली । भारतीय चर्चित लन टेनिस खेलाडी सानिया मिर्जाले चालु सिजनपछि खेलाडी जिवनबाट सन्याश लिने घोषणा गरेकी छन् ।अस्ट्रेलियामा जारी वर्षको पहिलो ग्रान्डस्लाम टेनिस अस्ट्रेलियन ओपनको महिला युगलतर्फ पहिलो चरणमै पराजित भएपछि मिर्जाले सन् २०२२ पछि आफुले प्रतिस्पर्धा नगर्ने जानकारी गराएकी हुन् ।

‘मैले निर्णय लिइसकेको छु की यो मेरो अन्तिम सिजन हुने छ’, ३५ वर्षीय मिर्जाले भनेकी छन् ।उनी डब्लूटीएको एकल स्पर्धातर्फ उपाधि जित्ने पहिलो भारतीय खेलाडी हुन् । सन् २००५ मा उनले उक्त सफलता हात पारेकी थिइन् । चोटका कारण उनी त्यसपछि युगल स्पर्धामा केन्द्रित भएकी थिइन् ।

मिर्जाले मार्टिना हिंगिजसँग मिलेर सन् २०१५ मा पहिलो ग्रान्डस्लाम उपाधिका रुपमा विम्बल्डन जितेकी थिइन् । त्यसपछि यूएस ओपन र अस्ट्रेलियन ओपन पनि जित्न सफल भइन् ।

सानियाले मिश्रित युगलतर्फ महेश भुपतीसँग मिलेर सन् २००९ मा अस्ट्रेलियन ओपन र सन् २०१२ मा फ्रेन्च ओपन पनि जितेकी थिइन् ।मिर्जाले १५ वर्षको उमेरमा एसियन गेममा स्वर्ण पदक जितेकी थिइन् ।

पाकिस्तानी क्रिकेटर सोएब मलिकसँग विवाह गरेपछि कोर्ट बाहिरपनि मिर्जाको चर्चा चुलिएको थियो । उनिहरुका तीन वर्षका छोरा छन् । आमा बनेपछि दुई वर्ष कोर्ट बाहिर रहेर मिर्जाले सन् २०१९ मा पुनरागमन गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस