काठमाडौं । मन्त्री चयनलाई लिएर सुरु भएको आक्रोश मत्थर बनाउन जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले असन्तुष्ट नेताहरूलाई फकाउन सुरु गरेका छन्। अघिल्लो हप्ता बालकुमारीस्थित पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरिएको थियो। प्रदीप यादवका समर्थकहरूले पार्टी कार्यालयमै अध्यक्ष यादवविरुद्ध नाराबाजी गरेका थिए। त्यसअघि प्रदीपका समर्थकले वीरगन्जमा अध्यक्ष यादवको पुतला जलाएका थिए।
मन्त्री चयन गरेको विषयमा प्रदीप यादव र प्रमोद साह आक्रोशित भएका छन्। यसैगरी लुम्बनी प्रदेशबाट कसैलाई पनि मन्त्री नबनाएको भन्दै नेताद्वय इस्तियाक राई र अमृता अग्रहरी पनि असन्तुष्ट छन्।
स्रोतका अनुसार अध्यक्ष यादवले असन्तुष्ट नेताहरूलाई फोन गरेर फकाउन थालेका छन्। आफूलाई अध्यक्षले फोन गरेर घुमाउरो किसिमबाट गल्ती भएको जनाएको प्रमोद साहले बताए। ‘अध्यक्षज्यूले नहुनुपर्ने भयो। तपाईंलाई सरकारमा पठाउन सकिनँ भन्नुभयो’, साहले भने, ‘यसबाट अध्यक्षज्यूले कतैबाट गल्ती गराइयो भन्ने महसुस गरेको जस्तो देखियो।’
सरकारमा जसपाले पाएका ४ सिटमध्ये यादवले ३ सिटमा यादव समुदायकालाई पठाएका छन्। एकजना राजेन्द्र श्रेष्ठमात्र गैरयादव समुदायका छन्। यादव समुदायकालाई मात्र सरकारमा प्राथमिकता दिएको भन्दै गैरयादव समुदायका नेताहरू असन्तुष्ट भएका छन्। अध्यक्ष यादवले उनीहरूलाई पनि फकाउन प्रयास गरेका छन्। मन्त्री चयन गर्न जसपा कार्यकारिणी समितिले डा। बाबुराम भट्टराई, उपेन्द्र यादव र अशोक राईलाई जिम्मेवारी दिएको थियो।
अध्यक्ष यादवले दुईजना नेतासँग सल्लाह नगरी एकलौटी किसिमबाट निर्णय गरेको आरोप लागेको छ। एक नेताले भने, ‘बाबुराम भट्टराईलाई खुसी बनाउन अध्यक्षले राजेन्द्र श्रेष्ठलाई पठाउनुभयो। बाँकी ३ जना नेता अध्यक्ष यादवका खल्तीका मान्छे हुन्।’
कार्यकारिणी समितिको बैठकमा अधिकांश सदस्यले यसपटक शीर्ष तहका नेतालाई सरकारमा नपठाउन र चुनावमा सहयोग पुग्नेगरी नयाँ र युवालाई प्राथमिकता दिन अध्यक्षलाई सल्लाह दिएका थिए। नागरिक दैनिकमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
पत्रपत्रिकाबाट
मंगलबार, ०२ कार्तिक २०७८, ०७ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जसपा नेपालले पार्टीको सार्वजनिक कार्यक्रममा अतिथि नराख्ने
स्थानीय तहमा दलविहीन चुनाव : उपेन्द्र यादव
जसपा नेपालले संविधान दिवसमा भाग नलिने, विरोध गर्ने
उपेन्द्र यादवको मुद्दा पूर्ण इजलासमा सुनुवाइ हुँदै
रक्षाबन्धन तथा जनैपूर्णिमाले सामाजिक सद्भाव अभिवृद्धि गराउँछ : अध्यक्ष यादव
राजदूत नियुक्ति समावेशी नभएकोमा उपेन्द्र यादवको आक्रोश