एकदुई दिनमा मन्त्रिपरिषद विस्तार गर्ने सत्तारूढ गठबन्धनको निर्णय

सफल खबर संवाददाता

विहीबार, २४ भदौ २०७८, १७ : १६
एकदुई दिनमा मन्त्रिपरिषद विस्तार गर्ने सत्तारूढ गठबन्धनको निर्णय

काठमाडौँ । सत्तारूढ गठबन्धनले अब एकदुई दिनमा मन्त्रिपरिषद विस्तार गर्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको सत्तारूढ गठबन्धनको बैठकले एक÷दुई दिनमा मन्त्रिपरिषद विस्तार गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद विस्तार गर्नेबारे सत्ता गठबन्धनमा रहेका दलका शीर्ष नेताहरूबीच समझदारी बनेको छ।

बिहीबार बसेको बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलबीच छलफल भएको हो।

उक्त बैठकमा गृहमन्त्री बालकृष्ण खाण, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, कांग्रेस सचेतक पुष्पा भुसाल, महान्यायाधीवक्ता खम्मबहादुर खाँतीलगायत पनि थिए। बैठकमा उपस्थित एक नेताका अनुसार मन्त्रिपरिषदलाई एकरदुई दिनमा पूर्णता दिनेबारे छलफल भएको हो। 

प्रतिक्रिया दिनुहोस