बर्जर पेन्ट्सले दसैँतिहारको लागि ल्यायो ‘बर्जर फेस्टिभ राइड’ योजना

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, २० : १०
बर्जर पेन्ट्सले दसैँतिहारको लागि ल्यायो ‘बर्जर फेस्टिभ राइड’ योजना

काठमाडौँ । बर्जर पेन्ट्स नेपालमा २ दशकभन्दा धेरै अघिदेखि सजावटी पेन्ट्सहरुमा एक चिरपरिचित ब्राण्ड रहँदै आएको छ । यो आफ्ना नवीनतम उत्पादन एवम् विशिष्ट सेवाहरुका साथ प्रविधिको क्षेत्रमा अग्रणी स्थान ओगट्न सफल रहेको छ । आउनै लागेको महान चाड दशैं र तिहारलाई लक्षित गर्दै बर्जर पेन्ट्सले एक नयाँ उपभोक्ता योजना “बर्जर फेस्टिभ राइड” प्रारम्भ गरेको छ, जुन योजना यही भाद्र १५ गतेदेखि लागू हुनेछ ।

यो प्रवद्र्धन योजनाअन्तर्गत उपभोक्ताहरुले छानिएका ब्राण्डहरुको खरिदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट्स पक्का उपहार प्राप्त गर्नेछन् । यसमा एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफजेड २५ मोटरसाइकल जित्न सक्नेछ । यसैगरी अन्य आकर्षक उपहारहरु एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कूटर,

२ जनालाई सामसुङ्ग एस २१ मोबाइल र ५० जनालाई सामसुङ एम ०२ क मोबाइलहरु प्रदान गरिनेछ । यसका साथै योजनामा उपभोक्ताहरुले रँगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेभसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगितामा सहभागीता जनाउन पनि सक्नेछन् । यसरी सहभागी भएका प्रतियोगीमध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ। योजनाका बारेमा थप जानकारी लिन इच्छुक गाहकहरुले नजिकैको बर्जर डिलरमा सम्पर्क राख्न सक्नेछन् ।

यो योजना बर्जर ब्राण्डका वेदरकोट लङ्ग लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट एन्टि डस्ट, वेदरकोट च्याम्प, सिल्क ब्रेथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरी इजी क्लिन रेन्जको उत्पादनहरु खरिद गर्दा लागू हुनेछ । बर्जर पेन्ट्सले सदैव आफ्ना उपभोक्ताहरुको आवश्यकताप्रति प्रतिबद्धता दर्शाएको छ र आफ्ना उपभोक्ताको सन्तुष्टिको स्तरलाई पूरा गर्न वातावरणमैत्री बाहिरी तथा भित्री उत्पादन उपलब्ध गराउनका लागि कटिबद्ध भएर लागी पर्दै आएको कारण बर्जर “नेपालको सबैभन्दा विश्वसनीय पेन्ट कम्पनी” बनेर प्रशंसित हुँदै आएको छ । नेपालमा ग्रीन पेन्टको अवधारणा पहिलो पटक बर्जर पेन्ट्सले नै ल्याएको हो र अहिले पनि कुनै किसिमका लेड, मर्करी तथा क्रोमियम जस्ता हानीकारक तत्वहरु मिसाइएको छैन ।

हालको कोभिड संक्रमणको परिस्थितिलाई दृष्टिगत गरेर कम्पनीले बर्जर सिल्क ब्रेथ इजी उपलब्ध गराएको छ । यो भित्तामा नरमपना साथै उच्चकोटीको चमक ल्याउने एक सर्वोत्कृष्ट प्रिमियम इन्टेरियर इमल्सन हो । यसले घरको सुन्दरतालाई मात्र बढाउँदै साथमा यसका प्रयोगकर्ताहरुलाई विभिन्न प्रकारका किटाणुहरु, प्रदुषण र भाइरस (कोरोना भाइरस लगायत) बाट समेत सुरक्षा प्रदान गर्दछ ।

प्रतिक्रिया दिनुहोस