काठमाडौंमा ४ महिनापछि हट्यो निषेधाज्ञा, विद्यालय खोल्न नपाइने

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १४ : ४२
काठमाडौंमा ४ महिनापछि हट्यो निषेधाज्ञा, विद्यालय खोल्न नपाइने

काठमाडौं । उपत्यकामा वैशाख १६ देखि अर्थात ४ महिनादेखि जारी निषेधाज्ञा हटाइएको छ । बुधबार उपत्यकाका तीन जिल्लाका जिल्ला प्रमुख अधिकारीको बैठकले कोरोनाको अवस्थालाई हेरेर निषेधाज्ञा हटाउने निर्णय गरेका हुन् ।

निषेधाज्ञा हटाइएपनि तत्काल विद्यालय खुलाउन भने नदिइने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सिडिओ) कालीप्रसाद पराजुलीले बताएका छन् ।उनीद्वारा जारी आदेशमा शैक्षिक संस्थाहरुले भौतिक उपस्थितिमा पठनपाठन गर्न नपाउने उल्लेख छ ।

तर, विद्यालय सञ्चालन गर्नुपर्ने स्थिति आए स्थानीय तहहरुले जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीससीएमसी) सँग समन्वय गर्नुपर्ने भनिएको छ ।

साथै, बिहीबारदेखि भदौ मसान्तसम्म लागू हुने गरी अनावश्यक रुपमा मानिसहरु जम्मा हुने, भीडभाड गर्ने, सभाजुलुस गर्ने, जात्रा, महोत्सव, आदिमा प्रतिबन्ध लगाउने निर्णय भएको छ ।

 

प्रतिक्रिया दिनुहोस