ताप्लेजुङको ६ गाउँपालिका केन्द्रमा विद्युतकाे राष्ट्रिय प्रसारण लाइन जडान

सफल खबर संवाददाता

बुधबार, १६ भदौ २०७८, १४ : ४०
ताप्लेजुङको ६ गाउँपालिका केन्द्रमा विद्युतकाे राष्ट्रिय प्रसारण लाइन जडान

ताप्लेजुङ  । ताप्लेजुङको नौ स्थानीय तहमध्ये ६ गाउँपालिका केन्द्रमा विद्युतको राष्ट्रिय प्रसारण लाइन जडान भएको छ । तीनवटा गाउँपालिका केन्द्रमा भने राष्ट्रिय प्रशारण लाइन पुग्न बाँकी रहेको छ ।

सदरमुकाम फुङ्लिङमा पहिलोपटक कात्तिक २०७२ मा राष्ट्रिय प्रशारण लाइन पुगेको थियो । राष्ट्रिय प्रसारण लाइन पुगेको ६ वर्षमा नौ स्थानीय तहमध्ये ६ गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुगेको नेपाल विद्युत प्राधिकरण ताप्लेजुङका प्रमुख प्राविधिक हेमन्त चौधरीले जानकारी दिए । 

फुङ्लिङ नगरपालिकाका ९४ प्रतिशत घरघुरीमा  राष्ट्रिय प्रसारण लाइनबाट विद्युत सेवा पुगेको नेपाल विद्युत प्राविधिकरण ताप्लेजुङले जनाएको छ । मेरिङदेन गाउँपालिकामा ६० प्रतिशत, मैवाखोला गाउँपालिका ४८ प्रतिशत र सिदिङवा गाउँपालिकामा २० प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाइन जोडान भएको विद्युत प्राविधिकरणले जनाएको छ ।

पाथीभरा याङवरक गाउँपालिकामा ९० प्रतिशत, सिरिजंगा गाउँपालिकामा ३० प्रतिशत र मिक्वाखोला गाउँपालिकामा दुई प्रतिशत घरघुरीमा राष्ट्रिय प्रसारण लाइन पुगेको विद्युत प्रविधिकरण ताप्लेजुङको तथ्यांकले जनाएको छ । आठराई त्रिवेणी गाउँपालिकामा ९२ प्रतिशत घरघुरी संख्यामा राष्ट्रिय प्रसारण लाइन पुगेको छ ।

फक्ताङलुङ गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिका केन्द्रमा राष्ट्रिय प्रसारण लाइन पुग्न बाँकी छ ।  जिल्लाकै ठूलो तथा नेपालको तेस्रो ठूलो गाउँपालिका फक्ताङलुङ गाउँपालिमा भने राष्ट्रिय प्रसारण लाइन पुगेको छैन् । 

राष्ट्रिय  प्रसारण लाइन गाउँपालिका केन्द्रमा जडान नहुँदा गाउँपालिको प्रशासकीय काम गर्नसमेत सास्ती खेप्नु परेको फक्ताङलुङ गाउँपालिकाका सूचना अधिकारी जयप्रकाश रिजालले बताए ।  ‘सौर्य ऊर्जा सोलरमार्फत विद्युत आपूर्ति गर्दै आएका छौ ।  तर, घाम नलाक्दा ब्याट्री चार्ज हुँदैन’, उनले भने । 

गाउँपालिकाको प्रशासकीय काम मौसमअनुसार काम गर्नुपर्ने बाध्यता रहेको मिक्वाखो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्यप्रसाद तमुले बताए । राष्ट्रिय जनागणना २०६८ अनुसार ताप्लेजुङमा २६ हजार पाँच सय नौ घरधुरी छ । जसमा ६१ ७६ प्रतिशत घरधुरीमा राष्ट्रिय प्रसारण लाईन जोडान भएको विद्युत प्रविधिकरण ताप्लेजुङले जनाएको छ ।

हाइड्रोपावर निर्माणाधीन, उद्योग तथा सर्वसाधरणलगायत ताप्लेजुङमा दैनिक एक हजार पाँच सय किलो वाट विद्युत खपत हुदै आएको सूचना अधिकारी मंडलले बताए । 

 

प्रतिक्रिया दिनुहोस