निर्मला पन्तको अपराधीलाई चाँडै कठघरामा उभ्याउँछु : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १७ : ३०
निर्मला पन्तको अपराधीलाई चाँडै कठघरामा उभ्याउँछु : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरण अझै छानबिनकै क्रममा रहेको र यसमा लामो समय लागिसकेकोले चाँडै सत्यतथ्य पत्ता लगाएर अपराधीलाई कठघरामा उभ्याउने बताएका छन् । उनले चाडबाडमा बजारमा गुणस्तरहीन वस्तुहरु भेटिने समस्या र कालोबजारीलाई गम्भीरतापूर्वक लिएर सरकार अघि बढ्ने आश्वासन दिए ।

दार्चुलाको व्यास गाउँपालिकामा सरकारले खाद्यान्न र औषधीको अभाव हुन नदिने बताएका छन् ।बिहीबार सिंहदरबारमा बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा गृहमन्त्री खाँडले महाकाली नदीमा आएको बाढीले उत्पन्न भएको व्यास क्षेत्रको खाद्यान्न र औषधिको प्रवन्ध र पूर्व तयारी सरकारले गरिसकेको बताएका हुन् ।

उनले गत साउन १५ गते तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको सत्यतथ्य जानकारीका लागि गठित समितिले काम गरिरहेको बताए ।

गृहमन्त्री खाँडले भने, ‘दार्चुलाको व्यास गाउँपालिकामा खाद्यान्नको अभाव भनेर जनप्रतिनिधिहरुले भन्नुभएको छ, त्यसको लागि खाद्यान्न र आवश्यक औषधिको व्यवस्था सरकारले गरिसकेको छ, नेपालबाटै हिँडेर त्यहाँ पुग्नु पर्ने समस्याले केही ढिला भइसकेको छ तर सरकारले आवश्यक सामग्रीको प्रवन्ध र पूर्वतयारी गरिसकेको छ,

बैठकमा प्रहरी महानिरिक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले वैशाख १ गतेदेखि भदौ ९ गतेसम्मको अवधिमा कालोबजारी गर्ने ५६ जनालाई पक्राउ गरेको बताए । उनले ३६ वटा कालोबजारीका घटनामा २० वटा मुद्दा दर्ता भएको समेत जानकारी गराए ।

बैठकमा उपस्थित सांसदहरु डा डिला संग्रौला, लालबाबु पण्डित, दिलेन्द्रप्रसाद बडू, प्रेम सुवाल लगायतका सांसदहरु जयसिंह धामी, निर्मला पन्त र बजारको कालोबजारी लगायतका समसामयिक विषयमा आफ्नो धारणा राखेको थियो ।

 

प्रतिक्रिया दिनुहोस