१० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने एमालेको निर्णय

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १६ : ४३
१० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले १० बुँदे एकता प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति बैठकले गरेको प्रस्तावअनुसार १० प्रस्ताव अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘आजको बैठकले स्थायी समितिले गरेका निर्णय अनुमोदन गरेको छ । साथै १० बुँदे सहमति कार्यन्वयन शीघ्र कार्यान्वयन गर्न कार्ययोजना र कार्यतालिकालाई मुर्त रुप दिएको छ’, ज्ञवालीले बैठकपछि पत्रकारमाझ जारी दिए ।  

साथै बैठकले एमाले विभाजनमा लाग्नेहरुमाथि कानुन अनुसार कारवाही गर्ने समेत बैठकले गरेको छ ।  विभाजनमा लाग्नेहरु गल्ती सुधार गरेर आए पार्टीले स्वीकार गर्ने समेत एमालेले जनाएको छ ।

आजको बैठकमा अध्यक्ष केपी ओलीले आन्तरिक एकताका लागि महत्वपुर्ण बैठक भएको धारणा राखेका थिए । त्यस्तै अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा उभिने नेताहरुलाई स्वागत गरेका थिए ।

त्यस्तै पार्टी जेठ २ को अवस्थामा फर्कने भएपछि विचमा अर्को पार्टीबाट आएका नेता, कार्याकता र जनसंगठनहरुमा १० बुँदे कार्यान्वयन गर्न प्रदेश र विभिन्न नेताहरुलाई एमालेले जिम्मेवारी पनि दिएको छ । मातहत कमिटिमालाई जिम्मेवारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस