काठमाडौ । क्रियाशील सदस्यता सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरुको रिले अनसन जारी छ । बिहीबार दोस्रो दिन तीन जिल्ला सभापतिहरुले अनशनमा बसेका हुन् ।
आज तनहुँका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, डोल्पा जिल्ला सभापति अंगदकुमार बुढा र सुर्खेत जिल्ला सभापति कमलराज रेग्मी अनसनमा बसेका हुन् । त्यस्तै ‘सबल कांग्रेसका लागि युवा अभियान’ का तर्फबाट मनोजमणी आचार्य र प्रमोदहरी गुरागाईं पनि अनशनमा बसेका छन् ।
अनशनमा बसेका युवा नेता आचार्यले महाधिवेशनको सुनिश्चिताको लागि अनशनमा बसेको बताए । ‘पटकपटक मिति तोक्ने तर महाधिवेशन नगर्ने प्रवृत्ति पार्टीमा देखियो । अहिलेसम्म क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको छैन ।
२४ घण्टे रिले अनशनको पहिलो दिन बुधबार नुवाकोट जिल्ला सभापति जगदीश्वर नरसिंह केसी, धादिङ जिल्ला सभापति रमेश धमला र काभ्रे जिल्ला सभापति मधु आचार्य अनशनमा बसेका थिए ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर जिल्ला सभापतिहरुले विभिन्न तीनबुँदे माग राखेर पार्टी कार्यालयमा धर्ना र अनशन सुरु गरेका हुन् । जिल्ला सभापतिहरुको अनशनमा वरिष्ठ नेता पौडेलले ऐक्यवद्धता जनाएका छन् ।
कांग्रेसको १४ औं महाधिवेशन मंसिर ९(१३ सम्म काठमाडौंमा गर्ने गरी कार्यतालिका सार्वजनिक भइसकेको छ । क्रियाशील सदस्यता र निर्वाचन निर्देशिकाको टुंगो नलाग्दा भदौ १८ मा तोकिएको वडा अधिवेशन प्रभावित हुने आशंका बढेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १० भदौ २०७८, १४ : ०२
लेखकबाट थप