५ किलो गाँजासहित दुई जना पक्राउ

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १३ : ३०
५ किलो गाँजासहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देही प्रहरीले गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको मायादेवी गाउँपालिकाबाट २५ वर्षीय लक्ष्मी कुँवर र ३५ बर्षीय अफताब खाँणलाई ५ किलो गाँजासहित प्रहरीले पक्राउ गरेको हो । 

पक्राउ परेकी कुँवर गुल्मी रुरू गाउँपालिका २ की स्थायी बासिन्दा हुन् भने अफताब सिद्धार्थनगर नगरपालिका ८ का स्थायी बासिन्दा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए ।

प्रतिक्रिया दिनुहोस