दार्चुला घटनाबारे छानबिन समितिले प्रतिवेदन तयार पार्दैछ : गृहमन्त्री खाँण

सफल खबर संवाददाता

विहीबार, १० भदौ २०७८, १२ : ३८
दार्चुला घटनाबारे छानबिन समितिले प्रतिवेदन तयार पार्दैछ : गृहमन्त्री खाँण

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलाका जयसिंह धामी प्रकरणबारे छानबिन गर्न बनेको समितिले प्रतिवेदन तयार पार्ने क्रममै रहेको बताएका छन् ।

संसदको राज्यव्यवस्था समितिको बिहीबार बसेको बैठकमा गृहमन्त्री खाँणले दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशी नातेदारको उपचारका क्रममा दिल्ली गएको र आफूलाई २र४ दिन लाग्ने खबर गरेको जानकारी दिए ।

छानबिन समितिमा अर्का सदस्य डीआईजी उद्धव थापा आफन्त वितेका कारण त्यता गएकाले अन्तिम रिपोर्ट बनाइसक्नुभएको छैन’ गृहमन्त्री खाँणले भने, ‘हिजो केही समय थप गरिएको छ । सत्यतथ्य छानबिन गरेर तथ्यकै आधारमा रिपोर्ट बुझाउनुहुन्छ भन्ने विश्वास छ ।’

प्रतिक्रिया दिनुहोस