रुपन्देही । रुपन्देहीको कोटहीमाई गाउँपालिका-२ कालवारीमा बच्चाले झगडा गरेको विषयलाई लिएर छिमेकीबीच कुटपिट हुँदा एक जनाको मृत्यु भएको छ । कुटपिटबाट घाइते भएका ६५ वर्षीय साधु यादवको बिहीबार राति मृत्यु भएको छ ।
छिमेकीबीच कुटपिट हुँदा ८ जना घाइते भएको थिए । ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि भिम अस्पताल भैरहवा पठाएकोमा साधुको उपचारको क्रममा मृत्यु भएको हो ।
कुटपिटमा घाइते भएका अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था मध्यम रहेको छ भने २ जनाको सामान्य रहको छ ।
कुटपिटमा संलग्न ३ जनालाई नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०४ असार २०७८, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वरिष्ठ अधिवक्तालाई कुटपिट गरेको आरोपमा एक महिला पक्राउ
चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असई निलम्बनमा
चितवनमा एक युवकमाथि प्रहरीबाटै निर्घात कुटपिट, छानबिन समिति गठन
दाङमा वडा सदस्यबाट कुटिए प्रधानाध्यापक
कार्यपालिका बैठकमै कुटिए हाकिम जोशी र प्रवक्ता सिंह
सुन्धारामा स्वरोजगार मजदुरमाथि भएको कुटपिटमा काठमाडौँ महानगरले थाल्यो छानबिन