काँगेस नेता तिमिल्सिनाको निधन

सफल खबर संवाददाता

मंगलबार, २८ पुस २०७७, ०९ : २१
काँगेस नेता तिमिल्सिनाको निधन

चितवन । नेपाली काँगेस चितवनका नेता भक्तिप्रसाद तिमिल्सीनाको कोरोना सङ्क्रमणबाट मुक्त भएपछि निधन भएको छ । उच्च निमोनियासंगै स्वाशप्रस्वाशमा समस्या देखिएपछि उनलाई चितवन मेडिकल कलेजमा पुस २० गते भर्ना गरिएको थियो ।

कलेजका अनुसार सोमबार राती उनको निधन भएको हो । नेपाली काँगेस चितवनका सभापति जीतनारायण श्रेष्ठका अनुसार सोमबार गरिएको दोस्रो कोभिड परिक्षणमा भने नेगेटिभ नतिजा आएको थियो । वि. सं. २००१ साल माघ २५ गते जन्मेका उनी साबिक नारायणपुर गाउ बिकास समितिको दुई कार्यकाल प्रधानपञ्च, भरतपुर महानगरपालिका वडा नम्बर १४ को वडा अध्यक्ष, जिल्ला बिकास समितिको सदस्य रहेर सेवा गरेका थिए ।

श्रेष्ठका अनुसार तिमिल्सीना पार्टीको क्षेत्रीय सभापती, महाधिबेशन प्रतिनिधि, जिल्ला सदस्य लगाएतका बिभिन्न पदमा रहेर लामो समय देखि अनवरत पार्टीमा क्रियाशिल थिए । तिमिल्सिना रेडियो देवघाटको अध्यक्ष समेत थिए ।

नेपाल रेडक्रश सोसाइटी लगाएतका सामाजिक संघ संस्थामा समेत उनी संलग्न थिए । उनका दुई छोरा र दुई छोरी छन् । सभापति श्रेष्ठले उनको निधनबाट पार्टीलाई अपूरणीय क्षती पुगेको बताए । उनको आजै शवयात्रा सहित देवघाटमा अन्त्येष्ठि गरिदैं छ ।

प्रतिक्रिया दिनुहोस