३० तोला सुन लुटपाटमा संलग्न आरोपित असई पक्राउ

सफल खबर संवाददाता

मंगलबार, २८ पुस २०७७, ०८ : १०
३० तोला सुन लुटपाटमा संलग्न आरोपित असई पक्राउ

प्रतिकात्मक तस्विर

काठमाडौं । काठमाडौंको सामाखुसीमा भएको सुन लुटपाटमा संलग्न भनिएका आरोपीलाई पक्राउ गर्ने प्रहरी नायव निरीक्षक (सई)लाई पक्राउ गरिएको छ ।

सई नवराज इटनीलाई पक्रेर टेकुस्थित महानगरीय प्रहरी परिसर काठमाडौंमा राखिएको छ । पुस १० मा दोलखाका संयोग कार्कि र सुवास तिमिल्सिना सहित ५ जनासँग सुन किन्ने ग्राहक बनेर दिपक नेपालीको समूहले सुन लुटेको दावी गरिएको छ ।

सुर्खेत घर भएका दिपकलाई घटना भएकै दिन महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा कार्यरत ईटनीले पक्रेका थिए ।  ३० तोला सुन लुटपाटमा संलग्न आरोपीलाई महानगरीय प्रहरी वृत महाराजगञ्जका डिएसपी रोशन खड्कालाई जिम्मा लगाएका थिए ।

तर, खड्काले अनुसन्धान गर्नुको साटो नेपालीलाई सोही दिन छाडेको पिडीतको आरोप छ । अहिले खड्कामाथि अनुसन्धान भइरहेको छ ।  घटना छानविन गर्न महानगरीय प्रहरी कार्यालयले प्रहरी उपरिक्षक (एसपी) भोलाराज रावलको नेतृत्वमा समिती गठन गरेको छ । समितीमा डिएसपी प्रमेश विष्ट र निशान थापा सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस