प्रतिनिधिसभा विघटन विरुद्ध महेन्द्रनगरमा मषाल जुलुस

सफल खबर संवाददाता

सोमबार, २७ पुस २०७७, २० : ११
प्रतिनिधिसभा विघटन विरुद्ध महेन्द्रनगरमा मषाल जुलुस

काठमाडौं । नेकपा (दनहाल - नेपाल समूह) निकट अनेरास्ववियूले सोमबार सांझ कञ्चनपुरको महेन्द्रनगरमा मषाल जुलुस प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीले गरेको प्रतिनिधि सभा विघटनको कदमलाई प्रतिगमन भन्दै आन्दोलनरत अनेरास्ववियूले आज मषाल सो प्रदर्शन गरेको हो। 

महेन्द्रनगर वजारको खुला मञ्च अगाडिवाट शुरु भएको जुलुस  वसपार्क चोकमा पुगेर  विरोध सभामा परिणत थियोे । विरोध सभामा वोल्दै अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले प्रतिगमनकारी कदम फिर्ता नहुंदासम्म युवा विद्यार्थीले सडक नछाड्ने  वताए । 

कार्यक्रममा राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य रामचन्द्र रेग्मी , अनेरास्ववियूका केन्द्रीय सदस्य गणेश ऐरीले समेत सम्बोधन गरेको संयोजक वीरेन्द्र विष्टले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस