पार्टी एकता अप्ठ्यारोमा, आरोप प्रत्यारोपमा उत्रिनेलाई यस्तो चेतावनी

सफल खबर संवाददाता

मंगलबार, ०२ मंसिर २०७७, ०६ : ५४
पार्टी एकता अप्ठ्यारोमा, आरोप प्रत्यारोपमा उत्रिनेलाई यस्तो चेतावनी

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले नेकपा पार्टी एकतामा अप्ठ्यारोमा रहेको बताएका छन् । उनले एकताको रक्षा गर्ने प्रयास जारी रहेको भन्दै विस्तारै संकटको बादलहरु हटेर जाने विश्वास व्यक्त गरेका छन् । 

‘पार्टी एकता अप्ठ्यारोमा छ, तर एकताको रक्षा गर्ने प्रयास पनि जारी छ । आशा छ, संकटका बादलहरु हटेर जानेछन्ग्́, ओली निकट मानिने ज्ञवालीले ट्वीटरमार्फत भनेका छन् । 

उनले पार्टीभित्रको नीतिगत बहस गर्न जरुरी रहेपनि आरोप प्रत्यारोपमा उत्रिन नहुनेमा जोड दिएका छन् । 
उनले भनेका छन्, ‘कमरेडहरुलाई आग्रह छ, नीतिगत बहस गरौं, आरोप प्रत्यारोप नगरौं । एउटै डुंगामा छौं र भोलि कुनै घुम्तीमा अवश्य भेट हुनेछ ।

उनले आरोप प्रत्योपमा उत्रिदा विचार पुर्याउनुपर्नेमा जोड दिँदै भनेका छन्, ‘आहानै छ, खाना खाँदा पानी खाने ठाउँ बाँकी राख्नु पर्छ ।ग्́ 
नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र प्रचण्डबीचको विवाद उत्कर्षमा पुगेको पु्गेपछि पार्टीको भविष्य नै के हुने भन्नेमा अन्योलता छ ।

प्रतिक्रिया दिनुहोस