हङकङ आगलागीका पीडितलाई आवश्यक सहयोग गर्न नेपाल सरकारलाई देउवाको आग्रह

सफल खबर संवाददाता

सोमबार, ०१ मंसिर २०७७, १६ : ५०
हङकङ आगलागीका पीडितलाई आवश्यक सहयोग गर्न नेपाल सरकारलाई देउवाको आग्रह

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेबहादुर देउवाले हङकङ आगलागीमा मृत्यु हुनेका परिवार र उपचाररत घाइतेलाई नेपालबाट आवश्यक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । 

सोमबार देउवाले ट्वीटरमा लेखेका छन्, ुहिजो हङकङमा भएको आगलागीमा परी ७ नेपाली नागरिकको मृत्यु भएको खबरले स्तब्ध छु ।ु 

यो कठिन घडीमा एक–अर्कालाई आवश्यक मद्दत गर्न सम्पूर्ण हङकङबासी नेपालीलाई देउवाको अनुरोध छ ।

हङकङ जोर्डनको क्यान्टोन रोडस्थित एक नेपाली रेष्टुरेन्टमा आइतबार राति आगलागी हुदाँ ७ जना नेपालीको मृत्यु भएको थियो ।

आगलागीमा परेर १८ जना घाइते भएका छन।  जन्म दिनको पार्टी मनाइरहदाँ आगलागीबाट चार पुरुष र तीन महिला मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस