सिंहदबारमा व्यापारी बोलाएर किन गरियो रमिता ?

सफल खबर संवाददाता

सोमबार, ०१ मंसिर २०७७, १२ : ५७
सिंहदबारमा व्यापारी बोलाएर किन गरियो रमिता ?

काठमाडौं । जनताको पक्षमा वरको सिन्को परसमेत नसार्ने तर सधैं प्रधानमन्त्री भइरहनुपर्ने जस्तो खालको राजनीतिक अराजकता पछिल्ला दिनमा खड्गप्रसाद ओलीले देखाइरहेका छन् ।

यसलाई नेपाली भाषामा बालहठको अर्को नाममा पनि लिन सकिन्छ  । राष्ट्रवादको जामा पहिरेर, विगतमा महाकालीमा गरेको राष्ट्रघात र देशद्रोहलाई सुनपानीले चोख्याउन खोजेका ओली फेरि पनि भारतीय खुफिया एजेन्सीको चंगुलमा राम्रैगरी फसेका छन् । 
भारतीय खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलको निर्देशनमा चलेका ओलीलाई राष्ट्रवादको जामा निकाल्न पनि गोयल नै सफल भएको राजनीतिक जानकारहरुको भनाइ छ । राष्ट्रवादको नाममा देश र जनताविरुद्ध घात गरेका ओलीलाई भारतीयहरुले नै राष्ट्रवादको लाचार छायाबाट निकालिदिएका छन् । 

पूर्व एमालेलाई लामो समयदेखि अध्ययन गरेका र जानकारी राख्ने एक नेताका अनुसार ओली न त विगमा राष्ट्रवादी थिए, न त अहिले छन्, न त भोलि नै रहन सक्छन् । ओली विगतमा पनि भारतीय कारिन्दा थिए, अहिले पनि छन् र भोलि पनि रहन्छन् । शक्ति र स्वार्थका लागि जे गर्न पनि पछि नपर्ने उनको कथित राष्ट्रवादी छवी नै नेपाल र नेपाली जनताको हित विपरित हुन पुगेको छ । 

 जनता गणतन्त्रका लागि सडकमा राजाको गोली थाप्न तयार भएर निस्कदा उनै ओली नेपालमा ‘गणतन्त्र आउनु र बयलगाडा चढेर अमेरिका जानु उस्तै हो’ भन्थे । नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्ष्ता, समावेशी, समानुपातिक प्रतिनिधित्व ओलीलाई चाहिएको थिएन । किनकी ओली अरु कसैका प्यादा थिए । उनी आफ्नो निर्णयमा भन्दा पनि अरुहरुको निर्णयमा चल्छन् र आफूलाई राष्ट्रवादी भएको नाटक गर्छन् । यदि उनी राष्ट्रवादी थिए भने  महकाली सन्धी किन गरियो ? पश्चिमबाट सूर्य उदाउँछ भन्दै भाषण गर्ने उनै ओलीहरु थिए ।

प्रतिगमन आधा सच्चिएको भन्दै राजाको सरकारका जानुपर्छ भनेर हठ गर्ने उनै ओली थिए । पछिल्लो पटक लिम्पियाधुरा, कालापानी र लिपुलेकको नक्सा सार्वजनिक गर्न समेत ओलीले चाहेका थिएनन् । भारतीयको हितका खातिर पानीजहाजको गफ दिने पनि उनै ओली नै थिए । राताराता भारतीय खुफिया एजेन्सीका मान्छेसँग अरुले थाहा पाउँछन् कि भनेर लुकेर भेट्ने पनि उनै ओली नै छन् । 

राजनीतिकस्तरमा सम्बन्ध विस्तार गर्न छाडेर खुफिया एजेन्सी र सुरक्षा निकायका मानिससँग भेटेर लौ न मेरो सत्ता जोगाइदिनुप¥यो भन्ने पनि उनै ओली छन् । राजनीतिक जानकारहरु भन्छन् – ओली कहिल्यै पनि देशभक्त नेता हुनै सक्दैनन् । किनकी उनले गरेको व्यवहार र उनको कार्यशैली हेर्दा, उनी राष्ट्रवादको नाममा भारतको खुला तावेदारी गर्ने व्यक्तिका रुपमा परिचित छन् । 

पछिल्ला दिनको अवस्था हेरौँ । नागरिक कोरोनाको त्रासमा छन् । उपचार नपाएर, अस्पतालको बेड नपाएर नागरिक मरिरहेका छन् । सरकारी प्रयोगशालामा कोरोनाको परिक्षण हुन छाडेको छ । उनका मानिस भनिएका स्वास्थ्य तथा जनसंख्या मन्त्री कसरी पैसा उठाउन सकिन्छ भन्ने ध्याउन्नमा मात्रै लागेका छन् । कुन कर्मचारी सरुवा बढुवा गर्दा पैसा पाइन्छ, कसलाई स्वीकृति दिँदा मोटो रकम आउँछ । कसलाई के गर्दा पैसा कमाउन सकिन्छ भन्ने लालचमा भानुभक्त ढकाल लागेका छन् । 

ओलीले खुला रुपमा पैसा उठाउने जिम्मा उनै ढकाललाई दिए जस्तो देखिन्छ । यस्तै रक्षा मन्त्रालयमा कुनै काम गर्न नसकेका, राष्ट्रिय सेनालाई अनावश्यक रुपमा विवादमा फसाउने उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि कसरी पैसा कमाउने भन्दा अरु कुनै ध्याउन्न नै नरहेको बताइन्छ । पछिल्लो पटक प्रधानन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको जिम्मेवारी पाएका पोखरेलले सोही निकायबाट आफ्नो गोजी भर्न लागेका छन् । 
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका एक सचिवका अनुसार पोखरेलले सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धानका लागि तयार पारेको प्रतिवेदन मगाएर व्यापारी तथा व्यसायीलाई बोलाएर पैसा दिए मुद्दा मिलाइदिने भन्न समेत भ्याएका छन् । 

सम्पत्ति शुद्धीकरण, राजश्व अनुसन्धान विभाग जस्ता राज्यका महत्त्वपूर्ण निकाय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याइएको छ । त्यसमध्ये सम्पत्ति शुद्धीकरण र राजश्व अनुसन्धान विभागलाई मालदार अड्डाको रुपमा लिइन्छ । ती निकायले अवैध आर्जन तथा कालोधनको विषयमा छानबिन गर्छ र मुद्दा दर्ता गर्छ । मूल्य अभिवृद्धि कर छली गर्नेलाई समेत कानूनको दायरामा ल्याउँछ । पछिल्ला दिनमा पोखरेलले छानबिन गरिरहेका व्यापारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाएर कालो चिया र बिस्कुट खुवाउँदै सरकारलाई सहयोग गरे, सरकारले पनि तपाईंहरुलाई सहयोग गर्छ भन्दै खुलमखुल्ला पैसा माग्न थालेका छन् । 

यस्तै झण्डै चार हजार बढी मूल्य अभिवृद्धि कर छली गरेका व्यापारी छन् । उनीहरुको सूची टेबलमा राखेर आफै फोन गर्दै ती व्यापारीलाई पनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बोलाइएको छ । ती व्यापारीलाई पोखरेलले लौ कुरा मिलाउने भए हामीलाई पनि मुख मिठो गराइदिनुप¥यो, हामी पनि राजनीति गर्ने मान्छे भन्न थालेका छन् । उनले सो कार्यका लागि आफ्नो सचिवालयमा रहेका एकाधलाई मात्रै परिचालन गरेका छन् । सो कार्यमा रुकुम घर भएका एक पूर्व पत्रकारलाई समेत परिचालन गरेको उनको सचिवालयमा रहेका गोरखा घर भएका एक विद्यार्थी नेताले रत्नराज्यलक्ष्मी क्यापसको क्यान्टिनमा खुलमखुल्ला बताउने गरेका छन् । 
तत्कालीन शाही आयोगका पदाधिकारीले पोखरेलको घर खानतलासी एवम्  छानबिन गर्दा पानीको ट्यांकीबाट पैसा नै निकालेका थिए । पोखरेललाई भेटर फर्केका एक व्यापारीका अनुसार सिंहदरबारमा प्रधानमन्त्री पछिको मन्त्रीले नै खुलमखुल्ला चलखेल गरेको सायदै पहिलो पटक होला । विदेशमा गलैचा तथा कार्पेटको व्यापार व्यवसाय गर्ने ती व्यापारीका अनुसार पोखरेलले कुरा मिलाउने भए १० करोड बराबरको जोहो गरेर राख्न समेत भनेका छन् । मेरा सचिवालयबाट फोन आउँछ, तपाईं तयारी गर्दै गर्नु् , होइन भने तपाईंलाई सम्पत्ति शुद्धीकरणको मुद्दा लाग्न सक्छ । 

सामान्यता व्यापारीले जानीबुझीकन नै भ्याट छली गर्ने गरेका छन् । राज्यको कर अधिकृतको जिम्मेवारी हस्तान्तरण गरेका व्यापारीले एकाध महिना भ्याटको पैसा चलाउने र अन्तिम समयमा आएर तिर्ने गरेका छन् । उनीहरुले कर छली गर्नसमेत जानेका हुन्छन् । 
कर कार्यालय र कर प्रशासनका कर्मचारीलाई समेत भ्रष्ट बनाउने  काममा उनै व्यापारी लागि पर्छन् । यो कुरा थाहा पाएका पोखरेलले  ठूलो मात्रामा भ्याट छली गरेका व्यापारीलाई कानून अनुसार कारवाही गर्नू त परै जाओस् जसरी भएपनि उनीबाट पैसा झार्ने र कारवाही नगर्ने मनसायका साथ प्रस्तुत भएका छन् । पछिल्ला दिनमा भ्याट छलीमा नाम कमाएका काँग्रेस सांसद विनोद चौधरी, पियुसबहादुर अमात्य, चण्डीराज ढकालहरुसँग पोखरेलको राम्रै उठबस हुने गरेको छ । प्रधानमन्त्री कार्यालयका एक सचिवका अनुसार अर्थमन्त्रालय जानु पर्ने व्यापारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय ढाकेका कारण आजकल पाइला हाल्ने ठाँउ नै भेटिन छाडेको छ । 

आजकल व्यापारीसँग पैसाको डिल गर्ने र पार्टीका कार्यकारी अध्यक्ष प्रचण्ड विरुद्ध मिडिया बोलाएर विषवमन गर्ने कार्यमा पोखरेल क्रियाशील छन् । नेपाली सेनाको अपमान गरेका कारण जुनसुकै बेला पनि सेनाले सबक सिकाउने थाहा पाएपछि ओलीसँग हारगुहार गरेर पोखरेलले बिना विभागीय नै भएपनि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा जागिर खान तयार भएका हुन । 

नेपाली काँग्रेसका नेता नरहरि आचार्य बिरामी परेका कारण निर्वाचनमा अभयदान नै पाएका पोखरेलको काला कर्तुतका बारेमा शाही आयोगदेखि अन्य सरकारी निकायमा दर्ता भएका कागजात र फाइल हेर्दा नै प्रष्ट हुन जान्छ । उनी पैसाका लागि के कति मात्रामा मरिहत्ते गर्छन् भन्ने कुरा त नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई मधेश द्रुर्तमार्गमा उनले मागेको कमिसनबाट नै प्रष्ट हुन्छ । सेनासँग नै उनले कमिसन मागेको बताइन्छ । सोही कारण उनको सेनासँग खटपट भएको बताइन्छ । सेनाले गैरकानूनी आदेश मानिँदैन, उपप्रधानमन्त्री समेत भनिँदैन भनेपछि हतार हतार उनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सारिएको जानकारहरु बताउँछन् । व्यापारीसँग पैसा माग्नु त उहाँका लागि सामान्य नै भयो नि, उनलाई नजिकबाट चिनेजानेका एक पूर्वएमाले कार्यकर्ताले भने । 

ती कार्यकर्ता समेत बेला बखतमा पोखरेललाई भेटन सिंहदरबार गइरहन्छन् । उनले भित्ताको पनि कान हुन्छ, मिलाएर गराँै, यसमा प्रधानमन्त्रीको समेत चासो छ भन्दै धमाधम व्यापारीसँग पैसा माग्ने गरेका छन् । उनले पार्टी फुटिहाल्यो भने पनि त्यत्तिबेला चल्नका लागि समेत पैसा चाहिन्छ । सधै यस्तो मौका कहाँ आउँछ र , मौका पाएको बेला हिरा समेत फोर्नुपर्छ भन्दै भनेअनुसार पैसा दिए मुद्दा कमजोर पार्ने, विशेष अदाल वा जिल्ला अदालतमा मुद्दा नै दर्ता नगर्ने भन्दै व्यापारी धम्क्याउने गरेका छन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय नै बदनाम हुने गरी पोखरेलले धन्दा चलाएको जानकारी खड्ग ओल्ािलाई भएपनि यसबेला केही भन्न हुँदैन, ऊ त मेरो पक्षमा उभिएको छ भन्दै चोख्याउन लागिएको छ । सो बारेमा जानकारी लिन पटक पटक उपप्रधानमन्त्री पोखरेलाई फोन गर्दा, उनले उठाउन नै चाहेनन् । सचिवालयमा टेलिफोन सम्पर्क गर्दा त्यहाँका एक कर्मचारीले भने उपप्रधानमन्त्रीज्यू यतिखेर व्यापारीहरुसँगको छलफलमा हुनुहुन्छ, उहाँले कुरा गर्न भ्याउनुहुन्न । 

प्रतिक्रिया दिनुहोस