नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउन

सफल खबर संवाददाता

मंगलबार, १८ कार्तिक २०७७, १६ : २९
नेपाली कांग्रेसले तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउन

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको केन्द्रिय कार्यालय र जिल्ला कार्यालयहरुमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ । 

आज बसेको केन्द्रिय कार्यसमितिको आकश्मिक बैठकले प्रतिनिधिसभा सांसद समेत रहेका पार्टीका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधनमा शोक व्यक्त गर्दै पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको हो । 

कांग्रेस नेता पूर्णबहादुर खड्काले कात्तिक १८, १९ र २० गते पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय भएको बताए । 

यस्तै १९ गते सबै कार्यालहरु बन्द गर्ने र केसीको निधनको १३ दिनसम्म शोक पुस्तिका राख्ने निर्णय पनि बैठकले गरेको उनले बताए । पोखरा महानगरपालिका ७, कास्कीका केसीको सोमबार राति निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस