भारतीय स्थलसेनाध्यक्ष नरावणे नेपाल आउँदै, मानार्थ महारथी दर्जा प्रदान गरिने

सफल खबर संवाददाता

बुधबार, २८ असोज २०७७, १५ : ४२
भारतीय स्थलसेनाध्यक्ष नरावणे नेपाल आउँदै, मानार्थ महारथी दर्जा प्रदान गरिने

काठमाडौं । भारतीय सेनाका स्थलसेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणे नेपाल भ्रमणमा आउने तय भएको छ । कोरोनाभाइरसका कारण उनी नेपाल आउने यसअघिको पूर्वनिर्धारित कार्यक्रम रद्ध भएकोमा पुनः नयाँ मिति तय भएको हो । 

स्थलसेनाध्यक्ष नरावणे कार्तिक महिनामा नेपाल भ्रमणमा  आउन लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । 

भ्रमणका अवसरमा उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने कार्यक्रम रहेको सेनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस