नेकपाको सचिवालय बैठक भोलि बस्ने

सफल खबर संवाददाता

सोमबार, १९ असोज २०७७, १७ : १४
नेकपाको सचिवालय बैठक भोलि बस्ने

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका सचिवालय बैठक भोलि बस्ने भएको छ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आज भएको भेटमा सचिवालय बैठक भोलि बस्ने तय भएको हो।

अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका थिए । दुई अध्यक्ष बीच भएको भेटपछि नेकपाले सचिवालय बैठक भोलिलाई बोलाइएको हो ।

आइतबार स्थगित भएको सचिवालय बैठक भोलि मंगलबार दिउँसो चार बजे बोलाइएको प्रचण्डका प्रेस संयोजक बिष्णु सापकोटा जुगलले जानकारी दिए । पूर्वअर्थमन्त्री युवराज खतिवडालाई अमेरिकाको राजदूत नियुक्त गरिएपछि नेकपामा असन्तुष्टि देखिएको छ ।

प्रतिक्रिया दिनुहोस