चितवन । दिवा स्याहार केन्द्र भनपा २६ ज्योतीनगरले विश्व मस्तिष्क पक्षघात दिवसको अवसरमा एक अन्तरक्रिया कार्यक्रम गरेको छ । मस्तिष्क पक्षघात रोग नभै एक अवस्था भएको कार्यक्रममा सहभागीहरुले बताएका थिए ।
सो अवसरमा कोरोनाका कारण ज्यान गुमाउन पुगेका देश तथा बिदेशमा रहेका मस्तिष्क पक्षघात प्रभावितको सम्झनामा मैन वत्ति समेत बालिएको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष लक्ष्मीकान्त घिमिरेले संस्थाको काम र कर्तव्यको बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा सामाजिक व्यतित्व महेश्वर घिमिरे प्रमुख अतिथिका रुपमा रहेका थिए । मस्तिष्क पक्षघात बालबालिकाहरूमा हुने शारीरिक अपाङ्गताहरुको एक प्रमुख कारण हो । बच्चा गर्भमा रहँदै, वा जन्मने बेला वा जन्मिसकेपछि मस्तिष्कमा हुने चोटपटकका कारण मस्तिष्क पक्षघात हुन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ असोज २०७७, १६ : ५६
लेखकबाट थप