सर्वोच्चका प्रधानन्यायाधीश राणा होम आइसोलेसनमा

सफल खबर संवाददाता

आइतबार, १८ असोज २०७७, १३ : ०६
सर्वोच्चका प्रधानन्यायाधीश राणा होम आइसोलेसनमा

फाइल फोटो

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा होम आइसोलेसनमा बसेका छन् । सर्वोच्चका एक न्यायाधीशसहित केही कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि प्रधानन्यायाधीश राणा होम आइसोलेसनमा बसेका हुन् । 

सर्वोच्चले आइतबार एक सूचना जारी गर्दै एक न्यायधीशलगायत केही अधिकृत र कर्मचारी कोरोना संक्रमित भएको र कन्ट्याक्ट ट्रेसिङमा परेकाहरु होम आइसोलेसनमा बसेको जनाएको छ । 

न्यायाधीशहरु होम आइसोलेसनमा भएपछि आज न्यायाधीश मनोज शर्माको इजलासमा मात्र पेसी तोकिएको छ । हाल सर्वोच्चमा ३ दर्जनको हाराहारीका कर्मचारीमा कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस