प्रकाशको सम्झनामा गीत गाउन गएका जनगायक खुसीराम पाख्रिनको निधन

मंगलबार, ०५ मंसिर २०७४, १७ : २८
प्रकाशको सम्झनामा गीत गाउन गएका जनगायक खुसीराम पाख्रिनको निधन

भरतपुरको चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ ।

चितवनको भरतपुरमा वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । तर, उपचारका क्रममा निधन भएको माओवादी केन्द्रका नेता नारायण दाहालले जानकारी दिए । पाख्रि नले चुनावी सभा सुरु हुनु अघि दुई वटा गीत समेत गाएका थिए ।

को हुन् पाख्रिन :

नेकपा माओवादीका तर्फवाट निवर्तमान सभासद समेत रहेका पाख्रिनले विगत ३५ बर्षदेखी जनवादी गीत लेख्दै आएका छन । एक सयभन्दा बढी गीतमा आफैले स्वर दिएका पाख्रिनले ५ सय बढि गीत लेखेका छन । माया प्रितिभन्दा जनबादी गीतमा जीवन्तता हुने भएकोले आफूले जनताको पक्षमा गीत गाउदै हिडेको उनी बताउँछन् ।

‘सगरमाथाको काखमा नेपाल देश छ’ भन्ने बोलको गीतवाट जनवादी गीत लेख्न सुरु गरेका पाख्रिनले माओवादी जनयुद्धको क्रममा कयौँ गीत लेखेका थिए । त्यसैको सम्मान स्वरुप माओवादीले उनलाइ सभासद बनाएको थियो । ‘डाडाँ काडाँ फूटालेर बाटो बनायो, के पायो नि कुल्ली दार्इले ड्राइभरले ट्रयाक्सी गुडायो ’ भन्ने गीत ०३८ सालमा लेखिएको उनको चर्चित मध्येको एक हो ।

‘कालो बनको बीचैमा खेतालाको गाउँ, हाम्रो देशको व्यबस्था हेर्न त्यहाँ जाउँ ।’ भन्ने गीतपनि चलेको गीत हो । त्यसैगरी ‘लाल झुपडिका मान्छेहरु।।’ ‘न्यायपूर्ण युद्धको लहरले।।’ ‘रक्त क्रान्तिको बेला हो यो।।’ र ‘लडदै छौ मुक्ति युद्ध।।’ नामका गीतहरु उनका चर्चित छन् ।

 २००९ सालमा गोर्खाको खरिवोट सिस्नेमा जन्मेका पाख्रिन इच्छुक सास्कृतिक प्रतिष्ठानका अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस