एन्फा र एफएबीच सम्झौता, नेपाल र इङल्यान्डबीच मैत्रीपूर्ण फुटबल हुने

सफल खबर संवाददाता

बुधबार, ०८ माघ २०७६, १५ : २२
एन्फा र एफएबीच सम्झौता, नेपाल र इङल्यान्डबीच मैत्रीपूर्ण फुटबल हुने

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फा र इङल्यान्ड फुटबल संघ एफएबीच बुधबार सम्झौता भएको छ। नेपाली राष्ट्रिय टोली र इङल्यान्डको सी टिमबीच प्रत्येक वर्ष मैत्रीपूर्ण खेल खेल्ने विषयमा सम्झौता भएको हो । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा एक कार्यक्रमका बीच एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा र एफएका राष्ट्रिय लिग समितिका प्रमुख लरेन्स जोन्सले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार नेपालको पुरुष राष्ट्रिय टोलीले इङल्यान्डको पुरुष सी टिमविरुद्धको मैत्रीपूर्ण खेलका लागि आउँदो मे २५ मा अल्डरसटको भ्रमण गर्नेछ। अर्को वर्ष २०२१ मा नेपालले इङल्यान्ड सी टिमलाई निम्त्याउनेछ।

एन्फा अध्यक्ष शेर्पाले फुटबल विकासको अभियानमा एफएलाई सहकर्मीका रुपमा पाएकोमा खुसी व्यक्त गरे।
एफएका लिग संयोजक जोन्सले सी टिमलाई इङलिस फुटबलको उच्च स्तरमा उठाउनका लागि अनुभव दिने उदेश्यमा मैत्रीपूर्ण खेलमा सहकार्य गर्न लागेको बताए।
 

प्रतिक्रिया दिनुहोस