कस्तो रहन्छ त आजको मौसम ?

सफल खबर संवाददाता

बुधबार, ०२ पुस २०७६, ०९ : १२
कस्तो रहन्छ त आजको मौसम ?

काठमाडौँ । हाल नेपालका पूर्वी भूभागमा आंशिक वदली रही पश्चिम र मध्य तराईका केही स्थानहरुमा हुस्सु लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी तीन दिनमको मौसम विश्लेषण गरेको छ, जसअनुसार बु्धबार दिउँसो देशको पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। यस्तै राती देशको पूर्वी र पश्चिमी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। बिहीबार दिउँसो देशको पश्चिमि भुभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। राती देशभर आंशिक बदली रहनेछ।

महाशाखाले शुक्रबार दिउँसो देशको पश्चिमि र मध्य भुभाग लगायत पूर्वी पहाडी भूभागमा आंशिक देखि सामान्य वदली रही बाँकी भूभागमा आंशिक वदली रहने जनाएको छ । साथै पश्चिम भेगका एक दुइ स्थान मा हल्का वर्षा हुने सम्भावना छ । राती भने देशभर आंशिक देखि सामान्य वदली रहने छ । साथै पश्चिम भेगका एक दुइ स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस