देवघाटको वनटार घाटबाट बालुवा उत्खनन गर्नेलाई चालीस  हजारमा छाडियो

सफल खबर संवाददाता

बुधबार, २५ मंसिर २०७६, १२ : २२
देवघाटको वनटार घाटबाट बालुवा उत्खनन गर्नेलाई चालीस  हजारमा छाडियो

तनहुँ । देवघाट गाउँपालिका वडा नम्बर पाँचको भुवनटार घाटबाट बालुवा उत्खनन गर्दै गरेको अवस्थामा आईतबार बिहान तिन बजे प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले चार वटा ट्याक्टरलाई नियन्त्रणमा लिएका छन् ।

गाउँपालिकाले गिट्टी बालुवाको उत्खनन गर्ने टेन्डर नखुलाउँदै स्थानीय व्यवसायी हरि बहादुर कुँवरको नेतृत्वमा रातारात बालुवाको तस्करी गरिएको स्थानीयवासीहरुले बताएका छन् । गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले गिट्टी, बालुवाको उत्खनन सम्बन्धी सुचना प्रकाशन गरिएपनि त्यो टेन्डर सार्वजानिक नभएको अवस्थामा रातारात बालुवा तस्कर भएको बताउनु भएको थियो ।

उहाँले बालुवा तस्कर गर्दै गरेको अवस्थामा चार वटा ट्याक्टरलाई नियन्त्रणमा लिई एक रात प्रहरी हिरासतमा राखी प्रति ट्याक्टर दस हजार रुपैयाँ जरिवाना तिराईएको बताउनु भयो । 
आगामी दिनमा यसरी अबैध रुपमा उत्खनन गरेको भेटिएमा थप कडा कारवाही गर्ने सर्तमा ति ट्याक्टर छाडिएको उहाँले जानकारी दिनु भएको थियो ।

भुवनटार स्थित त्रिशुली नदीको किनारको घाटमा बालुवा तस्करी भईरहेको बारेमा स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि इलाका प्रहरी कार्यालय देवघाटबाट असइ देवबहादुर बानीयाको नेतृत्वमा देवघाट गाउँपालिकाका नगर प्रहरी सहित आठ जनाको टोलीले बालुवा तस्करीमा प्रयोग भईरहेको चार वटा  ट्याक्टर र चालकलाई नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय देवघाटका इन्चार्ज प्रहरी नायव निरीक्षक एक नारयण आचार्यले बताउनु भएको थियो ।

सो घाटबाट यस अघि पनि पटक)पटक रातीको समयमा गिट्टि बालुवाको तस्करी हुँदै आएको स्थानीय बासिन्दाहरुले बताएका  थिए । देवघाट  वडा नम्बर पाँच  का अध्यक्ष यालबहादुर गुरुङले यस अघि पनि पटक पटक बालुवाको तस्करी हुने गरेको सुचना प्राप्त भएको भन्दै अव भने सबै घाटहरुमा कडाई गरिने बताउनु भएको थियो । टेन्डर प्रक्रिया पुरा नहुँदै यसरी नदिक घाटहरु बाट अबैध उत्खनन हुँदा देवघाट  गाउँपालिकालाई ठुलो राजश्व रकम घाटा लाग्ने हुँदा स्थानीय बासिन्दाहरुले पनि यस्तो गैर कानुनी काम नियन्त्रण गर्न सहयोग गर्नु पर्ने उहाँले बताउनु भएको थियो।

प्रतिक्रिया दिनुहोस