कृषि यन्त्र र प्रविधिको प्रयोग बढाएर उत्पादकत्व वृद्धिमा लागौं : मेयर दाहाल

सफल खबर संवाददाता

शुक्रबार, ०६ मंसिर २०७६, १४ : ४५
कृषि यन्त्र र प्रविधिको प्रयोग बढाएर उत्पादकत्व वृद्धिमा लागौं :  मेयर दाहाल

भरतपुर महानगर पालिकाका प्रमुख रेणु दाहालले नेपाललाई कृषि प्रधान देश भनिएपनि पछिल्लो समय नेपाल नै कृषि आयातको केन्द्र जस्तै बन्दै गएको बताउनुभएको छ । परम्परागत कृषि प्रणालीलाई यान्त्रिकरण मार्फत व्यवसायीकरण नगर्दा सम्म कृषि क्षेत्रले गुणात्मक फड्को मार्न नसक्ने पनि उहाँ प्रष्ट्याउनुभयो । 

समग्र कृषि क्षेत्रको यान्त्रिकीकरण र ब्यवसायीकरण गर्ने उद्देश्यका साथ (आज) शुक्रबार बाट भरतपुरमा आयोजित चौथो राष्ट्रिय कृषि यान्त्रिकरण प्रदर्शनी उदघाटनमा मन्तव्य व्यक्त गर्दै उहांले देशकै मध्य भागमा अवस्थित चितवन जिल्ला त्यसको समेत केन्द्र भरतपुर महानगरपालिका विषेशतः पोल्ट्री क्षेत्रमा अग्रणी रहेको यो पेशालाई अझै व्यवस्थित र व्यवसायिक बनाउनु पर्नेमा जोड दिनुभयो । 

उहांले कृषि तथा पशुपालन, सिँचाई, मल, बिउ, डेरी, माछापालन तथा पुष्प प्रशोधन लगायतका क्षेत्रलाई आधुनिकीकरण र व्यवासयिककरण गर्न प्रदर्शनमा राखिएका यन्त्र, उपकरण तथा आधुनिक औजारहरुले महत्वपुर्ण भुमिका खेल्ने उल्लेख गनुभयो ।

यि समग्र क्षेत्रमा लागेका कृषकहरुलाई यि उपकरण तथा प्रविधि प्रयोग गरि कृषि क्षेत्रको गुणात्मक विकास मार्फत उत्पादकत्व दोब्बर बनाउनु पनि आग्रह गर्नुभयो । ‘समय बदलिएको छ, प्रबिधीको नबिनतम विकास र विस्तार भैरहेकोले यसको समुचित प्रयोग बिना हामीले लिएको लक्ष्य हासिल गर्न सक्दैनौं’–उहांले भन्नुभयो,‘कृषिमा आत्मनिर्भर हुनु भनेकै हाम्रो समृद्धीको पहिलो आधार हुने भएकाले हरेक क्षेत्रमा यसको विकास बहुआयामिक लाभहरु लिन सबै दत्तचित्त भएर अगाडी बढ्नुपर्छ ।’

उहांले भरतपुर महानगरपालिका पनि आफ्नो स्रोत साधनको अधिकतम प्रयोग गरी कृषिमा यान्त्रिकीकरण, सिंचाइको व्यवस्था, कृषि बालीमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यलाई हानी पुर्याउने भएकाले यसको सचेतना तर्फ पनि ध्यान दिएको उल्लेख गर्नुभयो । प्रदर्शनीमा २० भन्दा बढी मुलुकका २ हजारभन्दा बढी आधुनीक कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधिहरु राखिएका छन् । चितवन एक्स्पो सेन्टरमा आयोजित प्रदर्शनी ४ दिन सम्म चल्नेछ ।  आयोजकले प्रदर्शनीमा १० करोडभन्दा बढीको कारोबार हुने अनुमान गरेको छ । 

प्रतिक्रिया दिनुहोस