भारतको लखनऊमा बस दुर्घटना : २४ जना घाइते

सफल खबर संवाददाता

आइतबार, ०३ कार्तिक २०७६, १६ : ३३
भारतको लखनऊमा बस दुर्घटना : २४ जना घाइते

काठमाडौं । बुटवलबाट भारतको नयाँ दिल्लीको सरौलीनगरका लागि छुटेको नमस्ते सुपा देउाराली ट्राभल्स प्रालिको बस भारतको लखनऊमा दुर्घटना भएको छ ।

युपी १७ एटि ४७५५ नम्बरको भारतीय नम्बर प्लेटको बस बुटवलबाट हिजो साँझ ५ बजे र कृष्णनगर नाका बाट ७ बजे  पार भएको  आइतबार बिहान भारतको उत्तरप्रदेश राज्यको राजधानी लखनउस्थित इकाना स्टेडियम नजिकै ट्रकसँग ठोक्किएर दुर्घटनामा परेको हो ।

नमस्ते सुपा देउराली टुर एण्ड ट्राभल्स कम्पनी बुटवलका उपाध्यक्ष कृष्ण शर्माका अनुसार २४ जना यात्रु सामान्य घाईते भएका छन् । घाईतेको उपचार भारतकै अस्पतालमा गरिएको उपाध्यक्ष शर्माले बताए ।

गाडीभित्र नै टिकट काट्ने गरिएको कारण बसमा के कति यात्रु थिए भन्ने विषयमा नमस्ते सुपा देउराली ट्राभल्से  एकिन नभएको जनाएको छ । टुर एण्ड ट्राभल्स उपाध्यक्ष शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस