सुनको भाउ घट्यो

सफल खबर संवाददाता

आइतबार, ०३ कार्तिक २०७६, १४ : २२
सुनको भाउ घट्यो

काठमाडौं । साताको पहिलो दिन सुनको मूल्य तोलामा रु २०० ले घटेको छ । शुक्रबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार तोलामा रु ७० हजार ४०० मा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७० हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

यस्तै चाँदी आइतबार तोलामा ८५० मा कारोबार भएको छ । शुक्रबार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस