सिन्धुपाल्चोकमा दुर्घटनामा परेको बसमा क्षमताभन्दा दोब्बर यात्रु

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, १४ : ५६
सिन्धुपाल्चोकमा दुर्घटनामा परेको बसमा क्षमताभन्दा दोब्बर यात्रु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा भएको बस दुर्घटना क्षमताभन्दा बढी यात्रु राखेकाले भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

३९ सिट क्षमता भएको बसमा ८० भन्दा बढी यात्रु रहेको प्रारम्भिक जानकारी आएको काभ्रे प्रहरीले जनाएको छ ।

सिन्धुपाल्चोकको सिपाटारबाट काठमाडौँतर्फ आउँदै गरेको बा २ ख २७१५ नम्बरको बस दुर्घटनामा पर्दा ११ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ । मृत्यु हुनेको सङ्ख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
 

प्रतिक्रिया दिनुहोस