सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, १२ : २०
सिन्धुपाल्चोक बस दुर्घटना अपडेट : आठ जनाको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी पचास जनाभन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा शुक्रबार बिहान भएको बस दुर्घटनामा ५ जनाको घटनास्थलमा नै मृत्यु भएको हो भने थप तीन जनाको उपचारको क्रममा मृत्यु भएको हो ।

इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खसेको थियो । घाइतेहरुको हेलिकप्टर र एम्बुलेन्स मार्फत उद्दार भइरहेको छ । मृतकहरुको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया दिनुहोस