सिन्धुपाल्चोकमा बस दुर्घटना : कम्तिमा ७  जनाको मृत्यु,  ६० जना घाइते

सफल खबर संवाददाता

शुक्रबार, २४ असोज २०७६, ११ : २४
सिन्धुपाल्चोकमा बस दुर्घटना : कम्तिमा ७  जनाको मृत्यु,  ६० जना घाइते

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा यात्रुबाहक बस दुर्घटना भएको छ । 
दुर्घटनामा कम्तिमा ७  जना यात्रुको मृत्यु भएको खबर आएको प्रहरीले जनाएको छ । दुर्घटनामा ६० जना घाइते भएका छन् । बसमा ८० भन्दा बढी यात्रु सवार रहेको प्रहरीको भनाइ छ ।

इन्द्रावती गाउँपालिका–१० र ११ को सीमा क्षेत्र शिवटारबाट काठमाडौं जाँदै गरेको हेलम्बु यातायातको बा२ख २७१५ नं को बस इन्द्रावती गाउँपालिकाअन्तर्गतको भीमटार नजिक दुर्घटनामा परेको हो । बस सडकबाट करिव २०० मिटर तल खसेको छ ।
थप विवरण आइ नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस