विवादमा तानिए सभामुख महरा

सफल खबर संवाददाता

सोमबार, १३ असोज २०७६, २१ : १३
विवादमा तानिए सभामुख महरा

काठमाडौँ । सभामुख कृष्ण बहादुर महरा विवादमा तानिएका छन् । एक महिलाले आफूमाथि बलात्कार गरेको आरोप लागेपछि उनी विवादमा तानिएका हुन् । 

संसद सचिवालयमै कार्यरत महिलाले सभामुख महरासँग आफ्नो श्रीमानका कारण पहिलेदेखि नै चिनजान रहेको र कोठामा आउने–जाने पनि हुने गरेको बताउँदै आइतबार साँझ आफू दुव्र्यवहारको शिकार भएको दाबी गरिन् ।

महराले भने आफूमाथि लागेको आरोप निराधार भएको बताएका छन् । उनले विज्ञप्ति जारी गरेर आरोपको खण्डन गर्दै सत्यतथ्य जानकारी दिने तयारी गरेका छन् । 

उनमाथि आरोप लागेपछि सामाजिक सञ्जालमा विभिन्न टिकाटिप्प्णी भएका छन् । 

यसैबीच प्रहरीले उनीमाथि लागेको आरोपबारे कुनै उजुरी नपरेको बताएको छ ।

 

 

 

 


 

प्रतिक्रिया दिनुहोस